काठमाडौँ, आश्विन २५ – प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सल्यानको शारदा नगरपालिकाको श्रीनगरमा शाखा संचालनमा ल्याएको छ । यससँगै प्रभुको कर्णालीमा ७ औँ शाखा र नेपालभरी २११ वटा शाखा पुगेको छ । बैंकको सल्यान शाखा कार्यालयको समुद्घाटन शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारी गरेका हुन् ।
बैंकको सल्यान शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अधिकारीले प्रभु बैंकले आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै आर्थिक विकासमा टेवा पुग्ने आशा राखेको र सर्वसाधारणको घर-आँगनसम्म सरल एवं सहज रुपमा बैंकिङ्ग सेवा विस्तारमा जोड दिन आग्रह गरे । बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र सल्यानको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना दिए ।
प्रभु बैंकको सल्यान शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तर बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेमा प्रभु बैंकले विश्वास लिएको छ ।
समुद्घाटन कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष शन्तोष केसी, पुर्व जिबिस सभापति ध्रुवराज पुरी, सल्यान उद्योग वाणिज्य संघ सल्यानका महासचिव भरत बस्नेत, प्रभु बैंकका कर्णाली प्रदेश ईन्चार्ज कृष्ण प्रसाद आचार्य स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।