काठमाडौं,कार्तिक ८- प्रभु बैंकले कार्तिक २१ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गर्ने भएको छ ।
बैंकले ‘१०.२५% प्रभु बैंक डिबेन्चर २०८६’ नामक १ हजार रुपैयाँ अंकित दरका १० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो। रु. १००० दरका १० लाख इकाई ऋणपत्रमध्ये ४ लाख इकाई पब्लिक इस्यूका लागि छ भने ६ लाख इकाई प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिनेछ ।
ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमीटेड रहेको छ ।बैंकले जारी गर्ने उक्त ऋणपत्रमा छिटोमा कार्तिक २५ गतेसम्म आवेदन गर्न पाइनेछ भने सो अवधिमा सबै ऋणपत्रका लागि आवेदन नपरेको खण्डको ढिलोमा मंसिर २० गतेसम्म आवेदन गर्न सकिन्छ।
ऋणपत्रमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु तथा मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन गर्न सकिन्छ ।
FACEBOOK COMMENTS