काठमाण्डौं — प्रभु बैंकले मुस्ताङ र म्याग्दी जिल्लाका विभिन्न स्थानमा ५ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका वडा नं।२ स्थित मार्फा, बाह्र गाउँमुक्ति क्षेत्र गाउँपालिका वडा नं.४ स्थित कागबेनी, थासाङ गाउँपालिका वडा नं। १ स्थित टुकुचे तथा वडा नं. ३ स्थित लेते र म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नंं.३ स्थित दाना गरी ५ स्थानबाट शाखारहित बैंकिङ सेवाको शुरुवात गरेको हो ।
यी पाँचवटै शाखारहित बैंकिङ्ग सेवा शभारम्भ गर्दा स्थानीय जनप्रतिनिधी, समाजसेवी, बुद्घिजीवी तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS