काठमाडौं, फागुन ७ – प्रभु बैंकले आफ्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर सहयाेग गराएको छ । बैंकले विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने उदेश्यले सहयाेग गरिएकाे जनाएकाे छ ।
विद्यालयमा आयोजित एक समारोहमा प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरलले विद्यालयलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
आफ्नाे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै विभिन्न समाजपयोगी कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदै आएको प्रभु बैंकले आगामी दिनहरुमा यस क्रियाकलापलाई निरन्तरता दिइरहने जनाएकाे छ ।
FACEBOOK COMMENTS