काठमाडौं, २९ मंसिर – प्रभु लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरेको छ।
कम्पनीको प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ६० लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता साधारण सेयर सामूहिक लगानी कोषको लागि, जारी पुँजीको ५ प्रतिशत अर्थात् ३ लाख कित्ता साधारण सेयर कर्मचारीको लागि सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सेयर आजदेखि बिक्री खुल्ला गरिएको कम्पनीले जनाएको छ।
सर्वसाधारणले कम्तीमा १० कित्तादेखि बढीमा ५ हजार कित्तासम्मको लागि दरखास्त दिन पाउने कम्पनीले जनाएको छ। सिद्धार्थ क्यापिटलले यसको निष्काशन तथा बिक्री प्रबन्ध गर्नेछ। पुस २ गते (छिटो)मा र ढिलोमा पुस १३ गते सेयर निष्काशन बन्द हुनेछ।
FACEBOOK COMMENTS