काठमाण्डौँ — चन्द्रागिरि हिल्स लिमिटेडले केबलकार रहेको क्षेत्रमा विद्युत् प्रसारणलाइन भूमिगत गराउन प्रधानमन्त्री केपी ओलीसहित सरकारका विभिन्न निकायलाई दबाब दिएको छ ।
६० मेगावाटको माथिल्लो त्रिशूली थ्री(एबाट उत्पादन हुने बिजुली मातातीर्थ स्टेसनसम्म ल्याउन विद्युत् प्राधिकरणले २२० केभीए क्षमताको प्रसारणलाइन निर्माण गरिरहेको छ।
केबलकारको टावर नम्बर ३ र ४ को बीचबाट ल्याउन लागिएको प्रसारणलाइनले दुर्घटना निम्त्याउन सक्ने भन्दै कम्पनीले जमिनमुनिबाट लैजान पहल थालेको हो।
हिल्सले करिब ५ सय मिटर प्रसारणलाइन भूमिगत गराउन प्रधानमन्त्री केपी ओलीमार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय हुँदै प्राधिकरणसम्म ताकेता गरिरहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्रीको निर्देशन भन्दै ‘कम्पनीले भनेअनुसार आवश्यक कारबाही अघि बढाउन’ भदौ ४ मा ऊर्जा मन्त्रालयलाई पत्राचार गरेको थियो।
ऊर्जा मन्त्रालयले समेत प्रधानमन्त्रीको निर्देशन भन्दै आवश्यक कार्य अघि बढाउन भदौ ७ मा प्राधिकरणलाई पत्राचार गरेको छ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने उक्त क्षेत्रमा प्रसारणलाइन भूमिगत गराउँदा आयोजनाको निर्माण अवधि र लागतसमेत बढ्ने माथिबाटै लैजानुको विकल्प नरहेको बताए।
— कान्तिपुर
FACEBOOK COMMENTS