काठमाडौं, । नेपाल प्रहरी, सशस्त्र प्रहरीकै सामु नागढुंगामा एक हुल ब्यक्तिले कानुन हातमा लिएर स्वास्थ्यकर्मीमाथि अनावश्यक केरकार गरे । शुक्रबार हेटौंडाबाट काठमाडौंमा स्वास्थ्य सामग्री लिन आएका बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. नारायण कार्कीको गाडी रोकेर त्यो हुलले ब्याग खानतलासी गर्यो । ज्यान जोखिममा राखेर कोरोनाबिरुद्ध क्रियाशील चिकित्सकको फेसबुक लाइभ गरी अपमान गर्ने कार्यमा संलग्न हुल्याहा जमातमाथि प्रहरीले तत्काल कारबाही नगरे अराजकता निम्त्याउनसक्ने देखिएको छ । गुण्डागर्दी शैलीमा चिकित्सकमाथि भएको यो दुब्र्यवहारको जति निन्दा गरे पनि कमै हुन्छ ।
कथित स्वयंसेवी बताउने उत्तम कार्कीको नेतृत्वमा हुल्याहा जमातले कानुन हातमा लिंदा पनि प्रहरीले उनीहरुलाई उन्मुक्ति दिइरहेको छ ।
उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्ने निहुँमा स्थानीय निकायबाट खटिएको दाबी गर्ने यस्तोे जमातले कार्की जस्ता चिकित्सकको हुर्मत लिने काम गरेको छ ।
नागढुंगामा प्रहरीले गाडी रोक्यो, तर गाडी चेकिङ गर्न प्रहरी आएन । हुल बाँधेर उभिएका तिनै कथित स्वयंसेवी युवा गाडीनजिक आए । हुलमध्येबाट कसैले हप्कीदप्की गर्दै गाडीको पास देखाउन भने । कार्कीले पास देखाए । तर उल्टै त्यही पासको फोटो खिच्दै उनको फेसबुक लाइभमार्फत् अपमान गर्ने काम गरेर डा. कार्कीलाई फर्काए ।
FACEBOOK COMMENTS