काठमाडौ, कात्तिक १३ – जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लाका १० स्थानीय तहबाट १० हजार ८० लिटर मदिरा तथा कच्चा पदार्थ बरामद गरेको छ । जनप्रतिनिधिको रोहबरमा ती मदिरा नष्ट गरिएको छ ।
मदिरा सेवनका कारण दसैंतिहारमा कुनै किसिमको अपराधिक गतिविधि हुन नदिन झन्डै दुई साताको अवधीमा प्रहरीले अवैध मदिरा बरामद गरेको हो । दुई हजार आठ सय ६० लिटर घरेलु मदिरा र मदिरा बनाउने सात हजार दुई सय २० लिटरको कच्चा पदार्थ बरामद गरेर नष्ट गरिएको डीएसपी गोविन्द थापाले बताए ।
चाडपर्वको समयमा मदिरा सेवन अत्यधिक गर्ने भएकाले कुनै घटना हुन नपाओस् भनेर मदिरा नियन्त्रण अभियान अन्तर्गत बरामद गरेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS