काठमाडौं, जेठ २४ – प्राइम बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष श्रेष्ठले आइतबार नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ लिएका हुन् ।
यसअघि पनि श्रेष्ठ प्राइम बैंकको अध्यक्ष थिए । जेठ १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालक समितिका सदस्यको पदावधि कायम रहेसम्म अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो । सोहीअनुसार आइतबार उनले शपथ लिएका हुन् ।
श्रेष्ठको शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नर डा.नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बमबहादुर मिश्र, निर्देशकहरु एवं बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS