काठमाडौं, वैशाख २० – प्राध्यापक सूर्यमान शाक्यको ६७ वर्षको उमेरमा निधन भएको छ । विगत डेढ वर्षदेखि क्यान्सर रोगले थलिएका शाक्यको हिजो आइतबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो ।
लामो समयदेखि नेपाल वातावरण पत्रकार समूहसँग आबद्ध रहँदै आएका उनी समूहमा विज्ञ सदस्यका रूपमा धेरै वर्षदेखि सक्रिय थिए । समूहको कार्य समितिमा समेत रहेर उनले वातावरण र विकासका बारेमा हुने गरेका कार्यक्रमहरूमा आफ्नो विषयगत विज्ञता अनुसार योगदान दिँदै आएको नेपाल वातावरण पत्रकार समूहले जनाएको छ ।
वातावरण इन्जिनीयर शाक्य वातावरण संरक्षण परिषद्मा सदस्यसचिव रहेर काम गरेका थिए भने काठमाडौं विश्वबिद्यालयमा प्राध्यापनरत थिए ।
FACEBOOK COMMENTS