काठमाडौं – लोक, दोहोरी तथा थुप्रै आधुनिक गीतमा आफ्नो प्रतिभा देखाइसकेकी मोडल हुन् ऋचा थापा । मोडलिङबाट चलचित्र क्षेत्रमा पाइला टेकेकी ऋचाले ‘आरोप’, ‘लभ यू हमेशा’ चलचिमा अभिनय गरेकी छिन् । सानैदेखि नाचँगान र अभिनयमा रुची भएकी ऋचालाई कलाकारिता क्षेत्रमा नै केहि गर्नुछ ।
म्युजिक भिडियोको बाटो हुँदै फिल्ममा आएकी ऋचाले सुरुवाती चलचित्रबाट सोचे अनुरुपको सफलता पाइनन् तर उनी त्यहि असफलताबाट आफुले धेरै कुरा सिकन पाएको बताउँछिन् । दोलखा, चरीकोटकी स्थायी बासिन्दा ऋचा अहिले परिवारसहित कीर्तिपुरमा बस्छिन् । उनै ऋचासँग कर्पोरेट खबरले गरेको छोटो कुराकानी :
हाल के मा व्यस्त हुनुहुन्छ <
हाल म्यूजिक भिडियोमा नै व्यस्त छु । भोली मेरो एउटा म्युजिक भिडियो रिलिज हुदैंछ भने केहि दिन पछि होलिको लागि लक्षित गरेर अर्को म्युजिक भिडियो आउँदैं छ । त्यसैको काममा व्यस्त छु ।
दुई तीन ओटा चलचित्रमा पनि अभिनय गर्नुभयो , तर ती चलचित्र व्यापारिक हिसाबले पनि सफल हुन सकेनन् भने तपाईलाई परिचय दिन पनि सकेनन् । अब पनि चलचित्रमा काम गर्नुहुन्छ अथवा म्युजिक भिडियोमै सिमित रहनुहुन्छ <
पक्कै पनि मलाई म्युजिक भिडियोले नै धेरै दर्शक सामु परिचित बनायो तर केहि चलचित्रमा असफल भए भनेर हार खादिन् । म चलचित्र र म्युजिक भिडियो दुबैलाई संगसँगै लिएर अगाडी बढ्न चाहन्छु । चलचित्रमा काम गरेर धेरै कुरा सिक्न पाए र अबका दिनमा आफुलाई अझै राम्रोसँग प्रस्तुत गर्छु ।
तपाईलाई दर्शक सामु चिनाउने त म्युजिक भिडियो नै हो , अहिले सम्म कति म्युजिक भिडियोमा काम गर्नुभयो <
हजुर मलाई दर्शकहरुले म्युजिक भिडियोमा धेरै मन पराइदिनु भएको छ । यसको लागि उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । यति नै म्युजिक भिडियोमा काम गरे भन्ने याद त छैन् तर १५० भन्दा बढी गरीसके ।
भर्खर मात्र भ्यालेन्टाइन्स डे सकियो , कति जनाको प्रेम प्रस्ताव आयो त <
कतिको आयो कतिको गन्नै भ्याइन् -लामो हासो _ , मलाई प्रत्यक्ष रुपमा कसैको पनि आएको छैन् तर फेसबुकको मार्फत धेरैले प्रेम प्रस्ताव राख्नुभयो ।
प्रेम सम्बन्धमा हुनुहुन्छ <
छैन् , अहिले म सिंगल नै छु । अहिले आफ्नो करियर र पढाईलाई नै फोकस गरेको छु ।
तपाईको आगामी योजनाहरु के के छन् <
म अहिले दुईबटा चलचित्रको सुटिङ गरिरहेकी छु । चलचित्र विश्वनाथ काका र कुञ्जनको सुटिङको काम भइरहेको छ । साथै म्यूजिक भिडियो पनि गर्दै छु ।
तपाईलाई मन पराउँने दर्शकहरुलाई के भन्न चाहनुहुन्छ <
मलाई अहिले सम्म मन पराइदिनु भएको छ यसका लागि मनैदेखि आभार प्रकट गर्न चाहन्छु । भविश्यमा पनि मलाई यस्तै माया गरिरहनुहोस् ।
FACEBOOK COMMENTS