काठमाडौं, भदौ १३ – नेपालमा कोरोना संक्रमितलाई प्लाज्मा थेरापी बाट उपचार विधिबाट २० जना भन्दा बढी निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे जानकारी दिएको हो।
ग्राण्डी अस्पताल ३७, त्रिवि शिक्षण अस्पतालमा २, बुटवल अस्पतालमा २ र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जनाले २० देखि ५९ वर्षका ४२ जनाले प्लाज्मा दान गरिसकेका छन्। प्लाज्मा थेरापी संक्रमित बिरामीहरुको लागि जीवन दान हुने स्वास्थ्य मन्त्रालयको नियमति प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताएका छन्। बन्दाबन्दीको अवस्थामा रक्तदान गर्ने मानिसको संख्यामा कमी आएको उनले बताए।
अस्पतालमा रगतको अभाव भएको छ, अस्पताल प्रशासन चिन्तित बनेका छनु, गौतमले भने, संक्रमित व्यक्तिहरुका लागि प्लाज्मा दान तथा अन्य जटिल प्रकृतिका बिरामीहरुको उपचारको लागि नियमित रगत दान गर्न चाहनेलाई सुरक्षितरुपमा रगत दिन आग्रह गर्छु। रगत दानका लागि सम्बन्धित अस्पताल र रेडक्रससँग समन्वय गरी सहयोग गरिदिन पनि उनले आग्रह गरेका छन्। भ्याक्सिन नबनेको अवस्थामा कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापी एक विकल्प भएको छ।
FACEBOOK COMMENTS