काठमाण्डौँ – प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरको विकासका गतिविधिको अनुगमन शुरु गर्नुभएको छ ।
उनले भक्तपुरमा आर्थिक वर्ष ०७४÷०७५ मा सडक, खानेपानी, ढल, करिडोर, विद्यालयलगायतका भौतिक पूर्वाधारसम्बन्धी विकासमा आएको बजेटको कामको प्रभावकारिता मूल्यांकन गर्दै विकासलाई तीव्रता दिन अनुगमन शुरु गरेको प्रतिनिधिसभा सदस्य बस्नेतले जानकारी दिए ।
आफ्नै पहलमा भक्तपुरको विकासका लागि ल्याएको बजेटको कामको प्रभावकारितासमेत मूल्यांकन गर्न आफ्नै नेतृत्वमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नगर विकास आयोजनाका प्रमुख, नवराज प्याकुरेल, डिभिजन सडक कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारी, प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ, नेकपाका जिल्ला अध्यक्ष बचन देउजालगायत सम्बन्धित कार्यालयका प्रमुख समेतको टोली बनाएर अनुगमन थालिएको हो ।
मध्यपुरथिमि नगरपालिकाअन्तर्गत बाहाखा बजार मूलपानी जाने सडक, बोडे सडक, नगदेशलगायतका थिमिमा नगर विकास आयोजना र डिभिजन सडक कार्यालय भक्तपुरमार्फत भएको सडक निर्माण, पर्खाल निर्माण, ड्रेन निर्माणलगायतको विकासका कामको अनुगमन गरे ।
उनले अनुमगनमा भएका लापर्बाही हटाउन, काम तीव्र पार्न, गुणस्तरीय निर्माण गर्न र विभिन्न ठाउँमा विकासका आवश्यकताको पहिचान गरी आयोजना ल्याउन अनुमगनले मद्दत पुग्ने बताएका छन् ।
FACEBOOK COMMENTS