काठमाडौं, मंसिर २५ – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहतर्फको १ लाख ५० हजार कित्ता शेयर लिलामीमा विक्री गर्ने भएको हो ।
उक्त शेयर खरीदका लागि इच्छुक योग्य व्यक्ति, कम्पनी, संघ संस्थाहरुले मंसिर २८ गतेदेखि पुस १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
शेयरको न्यूनतम मूल्य रू. २९५ तोकिएको छ हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गर्नु पर्नेछ । आवेदकले न्यूनतम १५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
FACEBOOK COMMENTS