काठमाडौं, चैत २ प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज ‘फलोअप’ स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको हो ।
ओलीको मिर्गौला प्रत्यारोपणको क्रममा पेटभित्र राखिएको टाँका तथा स्टेन्ट निकाल्नका लागि चिकित्सकको सुझावअनुसार अस्पताल लगिएको हो ।
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि गएको शुक्रबार अस्पतालबाट ‘डिस्चार्ज’ भएर बालुवाटार फर्किएका हुन् । यद्यपि उनलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिहरुबाट टाढा रहन सल्लाह दिइएको चिकित्सकहरुले बताएका छन् ।
अस्पतालमा रहँदा पनि उपचारमा संलग्न चिकित्सकबाहेक मिर्गौला दाता समीक्षा र प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई मात्र प्रधानमन्त्रीलाई भेट्न दिइएको थियो ।
FACEBOOK COMMENTS