काठमाण्डौँ — शिवम् सिमेन्टले फागुन ६ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले प्रभावित सहित सर्वसाधारणको लागि शेयर निष्काशन गर्न लागिएको जनाएको हो ।
कम्पनीले यस अगाडि निर्धारण गरेको प्रिमियम मूल्य घटाएको छ ।
शिवम्ले सर्वसाधारणका लागि प्रति शेयर ३ सयका दरले ४१ लाख २० हजार कित्ता र आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि प्रति शेयर २ सयका दरले ५ लाख ७९ हजार ६ सय ८० कित्ता शेयर निष्काशन गर्ने जनाएको छ ।
कम्पनीले सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था मार्फत तथा मेरो शेयर प्रयोग गरेर समेत आवेदन दिन सकिने जनाएको छ ।
फागुन ६ गतेदेखि ढिलोमा चैत्र ५ गतेसम्म आइपिओ निष्काशन गर्ने जनाएको छ ।
FACEBOOK COMMENTS