काठमाण्डौँ — नेपाल दूरसञ्चार प्राधिकरणले अर्थ समितिको निर्देशन पालना गर्दै बक्यौता रकम नतिर्ने दूरसञ्चार कम्पनीहरु खारेज गर्ने निर्णय गरेको छ ।
प्राधिकरणको बोर्ड बैठकले सरकार र प्राधिकरणलाई तिर्न बाँकी रकम नतिर्ने कम्पनीहरुलाई फागुनभित्र रकम तिर्न मौका दिँदै सो नतिरेमा खारेजको प्रकृयामा लैजाने निर्णय गरेको हो ।
प्राधिकरणको बोर्ड बैठकले अर्थ समितिको निर्देशनअनुसार फागुन मसान्तसम्ममा बाँकी बक्यौता तिर्न दूरसञ्चार कम्पनीहरुलाई निर्देशन दिएको नेपाल दूरसञ्चार प्राधिकरणका कार्यबाहक अध्यक्ष पुरुषोत्त खनालले जानकारी दिए ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS