काठमाण्डौं – विभिन्न रेष्टुरेण्टहरुका परिकारहरु ग्राहकको घरदैलोसम्म डेलिभरी दिँदै आएको कम्पनी फूडमान्डुले आठौं वर्ष पुरा गरेको छ ।
फूडमाण्डु आइतबारदेखि ८ औं वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको हो ।
सन् २०१० मा सुरु भएको कम्पनी फूडमान्डुले हालसम्म लाखौं उपभोक्ताहरुलाई सेवा प्रदान गरिसकेको छ ।
आगामी दिनमा अझ आफ्नो सेवालाई थप सजिलो र गुणस्तरीय बनाई सेवाग्राहीलाई सेवा प्रदान गर्ने कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी मनोहर अधिकारीले बताए ।
FACEBOOK COMMENTS