पोखरा– पोखरा महानगरपालिकाले फेवाताल संरक्षणमा तालबाट माटो निकाल्न थालेको छ ।
फेवाताल संरक्षण अभियान अन्तर्गत सोमबारदेखि फेवातालको बंगलादी क्षेत्रबाट माटो निकाल्न थालिएको हो ।
पोखरा महानगरका मेयर मानबहादुर जिसीले फेवाताल संरक्षण अभियानमा स्थानियसँगै प्रदेश र संघीय सरकारको समेत सहयोग आवश्यक पछ ताल पुरेको माटो निकाल्ने अभियानको सुरुवात गरेको बताएका छन् ।
करिब २० हजार घनमिटर माटो बंगलादी क्षेत्रमा रहेको बताइएको छ ।
निकालिएको माटो पोखराका खाडल पुर्नेदेखि पोखरा रंगशालाको क्रिकेट मैदान तथा ड्यामसाईड क्लबलाई दिइने योजना छ ।
FACEBOOK COMMENTS