काठमाण्डौं – पोखरामा निर्माण भएको पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट फेवातालको जग्गा मिचेर निर्माण भएको छानबिन समितिले निश्कर्षसहितको प्रतिवेदन बुझाएको छ।
जग्गा मिचिएको वा नमिचिएको विषयमा सर्वोच्च अदालतको आदेशमा नारायण रेग्मीको संयोजकत्वको छानबिन समितिले स्थलगत अध्ययन गरेको थियो।
अध्ययनपश्चात सर्वोच्च अदालत तथा प्रधानमन्त्री कार्यालयलाई उपलब्ध गराइएको प्रतिवेदनले फेवातालको जग्गा मिचेर उक्त रिसोर्ट निर्माण भएको देखाएको छानबिन समितिका अध्यक्ष रेग्मीले बताए ।
अब प्रतिवेदनको आधारमा अदालतले आफ्नो आवश्यक प्रक्रिया अघि बढानेछ।
समितिले फेवातालको किनारदेखि ६५ मिटरभित्र क्षेत्रफल मिचेर उक्त रिसोर्टको मूल गेटसहित ग्यारेज, मिटिङ हलसहित आठवटा संरचना निर्माण भएको ठहर गरेको छ।
समितिकाअनुसार रिसोर्टले बडा कार्यालयको अनुमति लिएर सार्वजनिक जग्गामा संरचना निर्माण गरेको छानबिनका क्रममा फेला परेको हो।
फेवातालको जग्गा अतिक्रमण भए नभएको विषयमा छानबिन गर्न नापी विभागका प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा ६ सदस्यीय समितिले १५ दिन लगाएर छानबिन गरेको हो।
पर्यटन व्यवसायी शाक्यले सञ्चालन गरेको उक्त रिसोर्ट तालको मापदण्ड मिचेको भन्दै अधिवक्ता खगेन्द्र सुवेदीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए।
– अन्नपूर्ण
FACEBOOK COMMENTS