फेसबुकमा प्रडक्ट म्यानेजरकी रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हाउगनले सो कम्पनीका बारेमा अमेरिकी संसद् रहेको क्यापिटल हिलमा फेसबुक बारे आलोचनात्मक बयान दिएकी छन् ।
फ्रान्सिस हाउगनले अमेरिकी सांसदहरूलाई कम्पनीको साइट र एपले बालबालिकाहरूलाई नोक्सान पु–याउने, विभाजनलाई बढावा दिने र लोकतन्त्रलाई कमजोर बनाउने बयान दिएकी छन् ।
उनले त्यसबारे जान्दाजान्दै पनि कम्पनीले मुनाफालाई प्राथमिकतामा राखेको बताउदै फेसबुक आफै नसुध्रिने भन्दै अमेरिकी संसद् समक्ष कम्पनीमाथि छानबिनको लागि सहयोगको अपिल गरेकी छन् ।
यी आरोपहरूलाई खण्डन गर्दै कम्पनीका संस्थापक मार्क जकरवर्ग भन्छन ‘यी दाबीहरूको कुनै मतलब छैन । हामी मानिसको सुरक्षा, भलाई र मानसिक स्वास्थ्य जस्ता मुद्दाको बारेमा गहिरोरूपमा ध्यान दिन्छौँ ।’
२.७ अर्ब मासिक सक्रिय प्रयोगकर्ता रहेको फेसबुक विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हो। तर पछिल्लो प्रयोगकर्ताहरूले आफ्नो प्राइभेसी कायम राख्न नसकेको र फेक न्युज र गलत जानकारीको प्रचार प्रसार रोक्न आवश्यक कदम चाल्न नसकेको भन्दै फेसबुकको आलोचना पनि गरिरहेका छन्।
समाचार स्रोत :BBC.COM
FACEBOOK COMMENTS