काठमाण्डौं– पेट्रोलिय पदार्थको मूल्य बढेपछि फ्रान्स आशान्त बनेको छ।
शनिबार पेरिसमा पेट्रोल तथा डिजेलको मूल्य फिर्ताको मागगर्दै सरकार विरोधी हिंस्रक प्रदर्शन भएको हो ।
सो क्रममा प्रदर्शनकारीले सडकका सवारी साधन तोडफोड गर्नुका साथै गाडीमा आगजनी गरेका थिए।
उनीहरुले प्रहरीमाथि ढुंगा समेत प्रहार गरेका थिए। प्रदर्शनको क्रममा १ सय १० जना प्रदर्शनकारी घाइते भएका छन्।
प्रहरीले २ सय ६० भन्दाबढीलाई नियन्त्रणमा लिएको छ। फ्रान्समा गएको एक वर्षमा पेट्रोल र डिजेलको मूल्य २३ प्रतिशतले बढेको छ।
मूल्य वृद्धिको विरोधगर्दै प्रदर्शनकारीले राष्ट्रपति इम्यानुअल म्याक्रोनको राजिनामा माग गरेका छन्।
-एजेन्सी
FACEBOOK COMMENTS