काठमाडौं, भदौ १४ – फ्रान्समा कोरोना भाइरसको महामारी फेरि नियन्त्रणबाहिर पुुगेको छ । शुक्रबार संक्रमित हुनेको संख्या विगत ५ महिनायताकै सर्वाधिकरह्यो । राष्ट्रपति इम्मानुुयल माक्रोनले देशलाई अर्को लकडाउनबाट जोगाउनका लागि सक्दो सबै कोसिस गरिने बताएका छन् । शुक्रबार ७ हजार ३ सय ७९ जनामा संक्रमण देखियो, फ्रान्समा मार्च ३१ मा सर्वाधिक ७ हजार ५ सय ७८ जनामा संक्रमण देखिएको थियो । अहिलेको संख्या त्यसयताको सर्वाधिक हो ।
त्यस्तै २० जनाले शुक्रबार ज्यान गुमाए । फ्रान्सले यसअघि मार्चयता पहिलोपटक विद्यालय खोल्ने तयारी गरेको थियो । अवस्था सामान्य नै रहेको भए आगामी साता मंगलबारबाट विद्यालय खोल्ने योजना बनेको थियो । तर, सिंगो युरोपमै महामारीको दोस्रो लहर फैलिएका बेला फ्रान्समा भयावह अवस्था सिर्जना भयो । पोर्चुगलमा पनि कोरोना भाइरस संक्रमितको संख्या बढ्दै छ । त्यस्तै, बेलायत सरकार पनि संक्रमितको संख्या बढ्नसक्ने भयमा छ ।
संक्रमितको बढ्दो संख्याले विभिन्न देशका सरकारलाई फेरि सटडाउट गर्न बाध्य बनाउने सम्भावना पनि निम्त्याएको छ । फ्रान्सका राष्ट्रपति माक्रोनले कुनै पनि परिस्थितीलाई स्विकार गर्न सकिने अवस्था नरहेको बताएका छन् । ‘हामीले अर्को लकडाउन रोक्नका लागि र खासगरी राष्ट्रव्यापी लकडाउन रोक्नका लागि सक्दो सबै गरेका छौं,’ माक्रोनले भने ।
फ्रान्सको स्वास्थ मन्त्रालयले कोरोनाको संक्रमण निकै तिव्र फैलिएको जनाएको छ । जुलाई २९ मा फ्रान्समा केवल ९ सय २४ जनामा संक्रमण देखिएको थियो ।
महामाारीबाट सुरुमै प्रभावित हुने युरोपेली देशहरुमध्ये फ्रान्स एक हो । महामारी नियन्त्रणबाहिर पुगेपछि यहाँ मार्चदेखि नै नियम कडा बनाइएको थियो । यसका बाबजुद, कुल २ लाख ७२ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भयो । नयाँ संक्रमितको संख्या बिस्तारै कम हुँदै गएपछि गत जुन १५ देखि लकडाउन खुकुुलो गरिएपनि अहिले फेरि संक्रमण दर उकालो लाग्न थालेको हो ।
FACEBOOK COMMENTS