काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी अधिकतम लाभ उठाउन आग्रह गरेका छन् ।
नेपाल फ्रान्स व्यवसायिक मंचको भर्चुअल बैठकमा अध्यक्ष गोल्छाले नेपाल लगानी भित्र्याउन तयार रहेको बताए । अध्यक्ष गोल्छाले नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढी सकेकाले नेपालमा पूर्वाधार विकास, पर्यटन, अर्थतन्त्रको डिजिटलाईजेसन, कृषि प्रशोधन उद्योगमा सम्भावना रहेको बताउँदै फ्रान्सेली लगानीकर्तालाई लगानी भित्र्याउन आग्रह गरे ।
अध्यक्ष गोल्छाले महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रूपान्तरण रणनीति २०३० (नेट २०३०) का विषयमा पनि जानकारी गराए । नेट २०३० मा लगानीका क्षेत्रका विषयमा स्पष्ट किटान गरिएको जानकारी गराउनुहुंदै विशेष गरी सन् २०३० सम्म नेपालको अर्थतन्त्र १ सय अर्ब अमेरिकी डलर पुरयाउने, थप २३ लाख रोजगारी सृजना गर्ने, अर्थतन्त्रसंग व्यापार घाटाको अनुपात आधा घटाउने लक्ष्य लिइएका छन ।
हालसम्म फ्रान्सबाट एक सय ७ परियोजनामा करिब एक अर्ब रुपैयाँको लगानी प्रतिवद्धता आएको छ । व्यापार प्रवद्र्धन केन्द्रका अनुसार गत बर्ष फ्रान्ससँगको व्यापार घाटा करिब साढे ८ अर्ब रुपैयाँ छ ।
बैठकमा दुवै देशबाट ५० जना उद्यमी व्यवसायीहरूको सहभागिता थियो । बैठकमा दुवै देशबाट विमानस्थल इन्जिनियरिङ, निर्माण, डिजिटल सेक्यूरिटी, बैकिङ, शिक्षा, स्वास्थ्य, कृषि, बैकिङ, पर्यटन, उर्जा, खाद्य प्रशोधन, अटोमोवाइल, र्यामिट्यान्स लगायतका क्षेत्रबाट प्रतिनिधित्व रहेको थियो ।
कार्यक्रममा नेपालका लागि फ्रेन्सेली राजदुत फंस्वा–जाभिए लेजे र पेरिसस्थित नेपाली राजदूत दिपक अधिकारीले नेपालमा रहेको अधिकतम लगानीको सम्भाव्यतालाई यथार्थतामा रूपान्तरण गरि लाभ उठाउन जोड दिए । आपसी लगानी विस्तार गर्न र निजी क्षेत्र बीचको सम्बन्ध विस्तारमा यो बैठक कोशेढुंगा हुने उनको विश्वास थियो ।
मेडेफको भारत तथा नेपालका लागि प्रमुख डेनियल मात्रेले नेपालमा लगानीको वातावरणलाई आफूले नजिकबाट नियालीरहेको बताउदैं भारतमा रहेको फ्रान्सेली संयुक्त लगानीलाई नेपालमा आकर्षित गर्न आफ्नो तर्फबाट प्रयास भैरहेको जानकारी गराए ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले द्विपक्षीय सम्बन्धलाई थप मजबूद पार्दै एक अर्काबाट आपसी लाभ उठाउन नेपाल फ्रान्स विजजेश फोरम जस्ता मंचको अधिकतम प्रयोगमा जोड दिए । नेपाल वाह्य लगानीको भोको रहेकाले नेपालमा लगानी गर्न आग्रह गरे । पर्यटन तथा आतिथ्यता क्षेत्रमा रहेको फ्रान्सको विज्ञता नेपालको पर्यटन प्रवद्र्धनमा पनि आकर्षण गर्नुपर्ने सुभाव थियो ।
FACEBOOK COMMENTS