काठमाडौं, भदौ ५ – नेपालको अग्रणी ई–कमर्स कम्पनी सस्तोडिल र भारतको लोकप्रिय ई–कमर्स कम्पनी फ्लिपकार्टले आफ्नो लाखौं विक्रेताहरूको लागि सीमापार व्यापार सुरु गर्न रणनीतिक समझादरी गरी सम्झौता गरेका छन्। यससँगै फ्लिपकार्ट सस्तोडिलको माध्यमबाट आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ।
सस्तोडिलले साझेदारी अन्तर्गत फ्लिपकार्ट बजारका भारतिय उत्पादनहरु (बच्चाका कपडाहरु, बच्चाका हेरचाहका सामाग्री, अडियो उपकरणहरु, पुरुष तथा महिलाका कपडाहरु, खेलका सामाग्री) नेपाली ग्राहकहरु लागि ल्याइनेछ।
सस्तोडिलका सस्थापक सिइओ अमुन थापाले भने, ‘फ्लिपकार्टको निजी ब्रान्डको उत्पादनहरू पनि सस्तोडिलले देखाउँनेछ । अब भारतिय उत्पादन पनि सस्तोडिलको माध्यमबाट अर्डर गरेको भोलिपल्ट नै उपलब्ध गराउनेछ।’
पहिलो चरणमा सस्तोडिलले अगस्ट मध्यबाट फ्लिपकार्टको निजी ब्रान्ड जस्तै मार्क्यु जस्ता राम्रा र गुणस्तरिय सामाग्रीहरु प्रदर्शन गर्ने संस्थापक सिइओ थापाले बताए ।
नेपाली ग्राहकले हालसम्म महंगो रकम तिरेर किन्नु परेको भारतिय उत्पादनहरु अब सस्तोडिलको माध्यम उचित मुलय तिरेरखरिद गर्न सक्ने थापाले बताए। फ्ल्पिकार्टका निजि उत्पादनहरू अब सस्तोडिलमा नेपालमै उपलब्ध हुने भएपछि ग्राकहले अर्डर गरेकै दिन अथवा भोलिपल्ट सामागीहरु पाउँनेछन्।
FACEBOOK COMMENTS