काठमाण्डौ– ‘फ्लोरा एक्सपो २०७५’ चैत ८ देखी १० गते सम्म काठमाण्डौंको भृकुटीमण्डपमा हुने भएको छ ।
२२ औं फ्लोरा एक्स्पो देशका विभिन्न क्षेत्रमा उत्पादन भएका पुष्पजन्य वस्तुको प्रवद्र्धनको लागि मेला आयोजना गरिएको आयोजकले बताएको छ ।
स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय भन्ने नाराका साथ प्रदेश नं ३ सरकार, कृषि ज्ञान केन्द्र ललितपुर र फ्लोरिकल्चर एसोसिएसन नेपालको संयुक्त आयोजनामा हुन लागेको हो ।
पुष्पजन्य बस्तुहरुको प्रबद्र्धन, विस्तार, नयाँ प्रविधी अनुसन्धानको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार तथा जनचेतना जगाउनेको उद्देश्यले मेला आयोजना गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।
आयोजकले विज्ञप्ती जारी गर्दै एक्स्पोमा ८४ वटा स्टल रहने बताएको छ । प्रदर्शनमा ८५० भन्दा बढी प्रजातिका फूलहरु राखिने एक्स्पोमा विदेशी फूलपनि हुने जनाईएको छ ।
तीन दिन सम्म हुने मेलामा ६० लाख भन्दा बढी कारोबार हुने मेला संयोजक शिब बहादुर खड्काले बताएका छन् ।
फ्लोरिकल्चर एसोसिएसन नेपालले २०५१ साल देखी मेला गर्दै आएको छ ।
FACEBOOK COMMENTS