काठमाडौं- बंगलादेशले नेपालको जलविद्युतमा लगानी गर्ने भएको छ ।
जलविद्युतमा लगानी गर्ने विषयमा नेपाल र बंगलादेशबीच समझ्दारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।
नेपालको तर्फबाट जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत, ऊर्जा तथा खजिन स्रोत राज्यमन्त्री नरसुल हमिदले एमओयुमा हस्ताक्षर गरेका छन् ।
बंगलादेशका लगानीकर्ताले नेपालीसंगको साझेदारीमा ऊर्जा विकासमा संयुक्त रुपमा लगानी गर्ने भएका छन् । यसका लागि प्रसारणलाइन जोड्ने लगायत विषयमा समझदारी भएको छ ।
बंगलादेशले ९०० मेगावाटको माथिल्लो कर्णाली आयोजनाबाट ५०० मेगावाट बिजुली खरिद गर्नका लागि सहमति गरेको छ ।
पछिल्ला वर्षमा बंगलादेशले नेपालको जलविद्युतमा लगानी गरेर बिजुली किन्ने तयारी गरेको छ । नेपालको जलविद्युतमा भारत र चीनपछि बंगलादेश सहभागी भएको छ ।
FACEBOOK COMMENTS