काठमाडौं, वैशाख २७ । बंगलादेशले नेपालीको आगमनमा प्रतिबन्ध लगाएको छ । आजदेखि लागु हुने गरेर नेपाली यात्रुको आगमनमा प्रतिबन्ध लगाएको हो ।
बंगलादेशका स्थानीय सञ्चार माध्यमले नेपालमा कोरोनाको दोस्रो लहर फैलिएसँगै आगामनमा रोक लगाइएको उल्लेख गरेका छन् । मिडिया अनुसार नेपालबाट जाने अन्य देशका यात्रुलाई पनि अस्थायी प्रतिबन्ध लगाइएको हो ।
पछिल्लो तीन साता यता नेपालमा निरन्तर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्ला दिनमा दैनिक साढे ८ हजारभन्दा बढी संक्रमित भेटिन थालेका छन् ।
सोहीकारण, बंगलादेशले अर्को निर्णय नहुँदासम्म नेपाली यात्रुलाई प्रतिबन्ध लगाएको हो । यसअघि, दुई एसियाली मुलुक र एक युरोपियनसहित तीन मुलुकले नेपाललाई अस्थायी प्रतिबन्ध लगाइसकेका छन् ।
मलेसिया र सिंगापुर तथा बेलायतले नेपालबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । बेलायतमा उक्त निर्णय मे १७ देखि लागु हुने छ ।
FACEBOOK COMMENTS