काठमाडौं, कात्तिक ३० – बङ्गाली सिनेमाका चर्चित अभिनेता सौमित्र चटर्जीको आइतबार निधन भएको छ । उनको ८५ वर्षको उमेरमा आइतबार कोलकाताको बेले भ्यु क्लिनिकमा निधन भएको हो ।
उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ६ अक्टोबरमा उनलाई अस्पताल भर्ना गरिएको थियो, उनको स्वास्थ्य पहिलेभन्दा केही सुधार देखिएको थियो र कोरोना रिपोर्ट पनि नेगेटिभ आएको थियो । तर उनको शरीरमा समस्या बढ्दै जाँदा अक्टोबर अन्त्यतिर भेन्टिलेटरमा राखिएको थियो ।
सौमित्र चटर्जीले तीन सयभन्दा धेरै फिल्ममा काम गरेका छन् ।
उनले चर्चित निर्देशक सत्यजीत रायको फिल्म अपूर संसारबाट आफ्नो फिल्मी करिअर सुरु गरेका थिए । त्यसपछि उनले जोए बाबा फेलूनाथमा फेलूदाको भूमिका निभाएका थिए ।
FACEBOOK COMMENTS