काठमाडौं, वैशाख १३ – नेपालका लागि बजाज मोटर साइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी ले बल्खुमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम आर. एस . अटोहबको उद्घाटन गरेको छ ।
नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वासिलाे अटो मोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले बल्खुमा पनि शोरुम संचालनमा ल्याएको जानकारी दिएकाे छ ।कम्पनीले आर.एस .अटोहब प्रा.लि. बल्खुका प्रोपराइटर राजेश देशारलाई डिलरसीप प्रदान गरेकाे छ ।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जनाएकाे छ। नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले बल्खुमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न भएकाे र ग्राहकहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु आफ्नाे जिम्मेवारी रहेकाे बताए ।
FACEBOOK COMMENTS