काठमाण्डौं – पश्चिम नवलपरासीमा रहेका चिउरा उद्योगहरु बन्द हुने अवस्थामा पुगेको व्यवसायीले बताएका छन्।
चिउराका लागि प्रयोग हुने कच्चा पदार्थ धान सहज रुपमा उपलव्ध हुन छाडेपछि उद्योगहरु क्रमशः बन्द हुने अवस्थामा पुगेको व्यवसायीले भनाइ छ।
जिल्ला सदरमुकाममा मात्र ८ वटा ठूला उद्योग छन्।
त्यसबाहेक यस जिल्लामा करिब १२ वटा साना उद्योग छन्।
चिउरा उत्पादनका लागि यहाँका उद्योगहरुले पूर्वको विराटनगर र पश्चिमको नेपालगञ्ज क्षेत्रबाट धान ल्याउने गरेका थिए।
अहिले त्यस क्षेत्रमा उद्योगहरु धेरैको संख्यामा स्थापना भएपछि धान आउन छाडेको हरि राइस मिलका सञ्चालक सुवास अग्रवालले बताए।
चिउराका लागि मोटो धानको आवश्यक पर्छ। तर, जिल्लामा मसिनो धान बढी उत्पादन हुने गरेको छ।
यहाँ उत्पादन भएको धानले एक महिना पनि धान्न नसक्ने अग्रवालको भनाइ छ।
बाहिर जिल्लाबाट आउने धानमा ढुवानी बढी लाग्ने भएकोले यस क्षेत्रमा धान पठाउन छाडिएको व्यवसायीहरुले जनाएका छन्।
– अन्न्पुर्ण
FACEBOOK COMMENTS