कार्तिक १५, काठमाण्डौ । पछिल्लो बर्षहरुमा जलबायु परिवर्तनले बन्यजन्तुको अस्तीत्व संकटमा पर्दै गएको भन्दै यसको संरक्षणका लागि अभियान सुरु गरिएको छ । आप्पा फाउण्डेशन, हिमालयन ट्रष्ट र मकालु एड्भेन्चर प्रालिको सहयोगमा स्कटल्याण्डका नागरिक ग्यारेथले अभियान सञ्चालन गरेका हुन । अभियान अन्र्तगत सोलुखुम्बु र नुवाकोटका बिकट स्थानमा पुगेर जनचेतनामुलक कार्यक्रम आयोजना गरिने छ । आयोजकले आज राजधानीमा गरेको पत्रकार सम्मेलनमा सोबारे जानकारी दिईएको हो । गतबर्षदेखी सुरु भएको यो अभियानलाई यसपटक पनि निरन्तरता दिईएको हो । अभियानका क्रममा सोलुखुम्बुका नाम्चे, खुम्जुङ लगायतका स्थानका बासिन्दा र बालबालिकालाई जनचेतनामुलक कार्यक्रम गरिने छ ।
यस्तै नुवाकोटको दाङसिङ लगायतका क्षेत्रमा पनि कार्यक्रम गरिने छ । आगामी बर्षहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने मकालु एड्भेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले जानकारी दिए । यसैबर्षदेखि बिद्यालय स्तरका बालबालिकाहरुलाई सहि ढंगले दाँत माझ्न सिकाउने उदेश्यले ओरल हाईजिङ सम्बन्धी कार्यक्रम समेत सञ्चालन गरिने भएको छ । यस कार्यक्रम अन्र्तगत ५ सयवटा वातावरणमैत्री ब्रश र टुुथपेष्ट बितरण गरिने पत्रकार सम्मेलनमा जानकारी दिईयो । कार्यक्रम सोलुखुम्बु र नुवाकोट जिल्लाका २६ बिद्यालयमा गरिने छ । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी देशका दुर्गम स्थानमा बिदेशी बिशेषज्ञ डाक्टरको उपस्थीतिमा निशुल्क स्वास्थ्य सेवा सञ्चालन गरिने अभियान्ता ग्यारेथले बताए ।
FACEBOOK COMMENTS