काठमाण्डौँ — नेपाल उद्योग वाणिज्य महासंघले एनसेल मुख्यालय र टावरहरूमा भएको बम विस्फोटको घटनामा संलग्नलाई हदैसम्म कारबाही गर्न माग गरेको छ ।
महासंघले आइतबार विज्ञप्ति जारी गरी उद्योग व्यवसायको वातावरण, शान्तिसुरक्षा र अमनचयनको प्रत्याभूति दिलाउन सरकारसमक्ष अनुरोधसमेत गरेको छ ।
राजनीतिक स्थिरता कायम भई आर्थिक विकासको मार्गमा देश अगाडि बढ्ने वातावरण बनिरहेका बेला भएको आतंककारी घटनाले झस्काएको महासंघको टिप्पणी छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS