काठमाडौँ, असोज १६ – नेपालमा सन् २००० देखि सजावटी रङ्गहरुको उत्पादन गर्दै आएको बर्जर जेन्सन एण्ड निकल्सन (नेपाल)ले महान चाडबडा दसैं र तिहारको अवसरमा ‘बर्जर कलर स्पलास’ योजना आरम्भ गरेको छ । यो योजना असोज १५गतेदेखि लागू गरेको छ ।
ग्राहकहरुले यस योजनाअन्तर्गत १०० वर्ग फिट बराबरको सिल्क डिजाइन पेन्टस् पक्का उपहार प्राप्त गर्न बर्जर पेन्ट्सको योजनामा उल्लेखित ब्राण्डहरु खरीद गर्नु पर्नेछ । योजनाअन्तर्गत एकजना भाग्यशाली विजेताले बम्पर पुरस्कारमा नगद रु.५ लाख प्राप्त गर्नेछन् । अन्य पुरस्कारहरुमा रु २ लाख २ जनालाई, रु ५० हजार ५ जनालाई र सामसुङ्ग मोबाइल फोन १०० जनालाई प्रदान गर्ने कम्पनीले जनाएको छ ।
उपभोक्ताहरुले बर्जर पेन्टले रंगाइएको घरको फोटो अपलोड गरेर डिजिटल प्रतियोगितामा पनि भाग लिन सक्नेछन् र सहभागीहरु मध्ये उत्कृष्ट २८ घरधनीले विभिन्न आकर्षक नगद पुरस्कारहरु जित्न सक्नेछन् । घरधनीहरुले यस योजनाका बारेमा विस्तृत रुपमा जानकारी लिन नजिकैको बर्जर डिलरहरुसँग सम्पर्क राख्न सक्नेछन् ।
यो योजना बर्जरका प्रमुख उत्पादनहरु जस्तैः वेदर कोट लङ लाइफ, वेदर कोट अल गार्ड एक्सपी, वेदर कोट अलगार्ड, वेदर कोट एन्टि डस्ट, सिल्क ग्ल्यामर एक्सपी, सिल्क ब्रेथ इजि, सिल्कलक्जरी, इजि क्लिन एक्सपी र इजि क्लिनमा लागू गरिएको छ ।
बर्जर पेन्ट्स नेपालमा सजावटी पेन्टहरुको अग्रणी हो र यसले सिल्क ब्रेथ इजि, इजिक्लिन, सिल्क इलुसन्स, सील–ओ–प्राइम र स्वचालित एक्सपी मेसिनबाट संचालन हुने एक्सपी श्रृंखलाका सम्पूर्ण उत्पादनहरु जस्ता नवीनतम खोजका उत्पादनहरु बजारमा प्रस्तुत गरिसकेको छ ।
FACEBOOK COMMENTS