काठमाडौं, कात्तिक ५ – बाँकेमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । ५ महिना अघिदेखि मानसिक समस्याबाट ग्रसित बेलाडी ५ कञ्चनपुरका २४ वर्षिय पुरुषको मृत्यु भएको हो ।
मंगलबार बेलुकी साढे ७ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । स्वास्थ्य अवस्था विग्रँदै गएपछि असोज ३० गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएका उनमा कोरोना भाइरससंग मिल्दो लक्षण देखिएपछि स्वाब परिक्षण गर्दा कार्तिक ३ गते कोरोना पुष्टि भएको थियो ।
FACEBOOK COMMENTS