काठमाडौं । स्मार्ट टेलिकमले सिन्धुपाल्चोक र स्याङ्जा जिल्लाका सेवाग्राहीलाई १०० रुपैयाँका दरले ब्यालेन्स उपलब्ध गराएको छ । बाढी पहिरो पीडितलाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क ब्यालेन्स उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
मोबाइल ब्यालेन्सले ग्राहकलाई यो अवस्थामा परिवार तथा नातेदारहरुसँग नियमित सम्पर्क गर्न सहयोग पुग्ने अपेक्षा कम्पनीको रहेको छ । उक्त ब्यालेन्स स्मार्ट नेटवर्कभित्र कुरा गर्न तथा डाटा चलाउन सकिने छ । ब्यालेन्स ७ दिनसम्म मान्य मान्य हुने कम्पनीको भनाई छ ।
FACEBOOK COMMENTS