काठमाडौं, ६ भदौ । हिजो शुक्रवार दोलखामा एक कार्यक्रमको आयोजना गरि पूर्व संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख अतिथ्यमा दोलखा जिल्ला अन्तर्गत भीमेश्वर नगरपालिका भित्र रहेका बाल मन्दिर र बाल गृहलाई खाद्यन्न लगायत स्टेशनरी सामाग्री सहयोग हस्तान्तरण गर्नु भएको छ ।
नेप्लिज फेशन होमको बिशेष पहलमा मिस नेवाः , समाजसेवी अनु उर्मिला शेरचन, रोटरी क्लव अफ बालाजु र नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको सहयोगमा उक्त सहयोग सामाग्री हस्तान्तरण गरिएको थियो ।
दोलखा बालमन्दिर र गौरीशंकर बालगृह माटि दोलखामा आश्रित बालबालिकालाई समाजसेवी हेमा मानन्धरको बिशेष पहलमा २५ बोरा चामल, १० वटा टेबल, ४० थान चकटी , पुस्तक, स्टेशनरी सामान, खेलकुद सामाग्री , पोर्टेबल लाईब्रेरी, १००० थान मास्क लगायत खाजा तथा खाद्यान्न पूर्व संचार तथा सूचना प्रविधि मन्त्री गुरुङको हातबाट बितरण गरिएको थियो ।
कार्यक्रममा पूर्व संचार तथा सूचना प्रविधि मन्त्री गुरुङ, दोलखा जिल्ला समन्वयन समितिका सभापति डबल पाण्डे, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, मेलुङ गाँउपालिका अध्यक्ष नरबहादुर श्रेष्ठ , गौरीशंकर गाँउपालिका अध्यक्ष सुयम बहादुर खड्का , दोलखा जनजाति महासंघका अध्यक्ष जंग गुरुङ , नापि प्रमुख अशोक कुमार श्रेष्ठ, समाजसेवी अनु उर्मिला शेरचन, मिस नेवाःकृषा महर्जन, उप–बिजेता प्रिया तण्डुकार, पूर्व मिस नेवाः नितु डंगोल, तथा किड क्विन अपेक्षा शेरचनका साथै बालबालिका र अभिभावकहरुको सहभागिता रहेको थियो ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रमको संचालन राजन बस्नेतले गरेका थिए । भने बालमन्दिर दोलखाका अध्यक्ष राकेश श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
FACEBOOK COMMENTS