काठमाण्डौँ — प्रधानमन्त्री निवास बालुवाटा रलाई साढे ५ करोड खर्चिएर रंगीचंगी बनाइएको छ।
निवास छिर्नेबित्तिकै चारैतिर रंगीबिरगी बगैंचा बनाइएको छ।
बंगैचाको बीचमा पानीको रंगीन फोहरा, ढुंगेधारा, मन्दिर, पुल, तलाउको दृश्यसहितको ल्यान्डस्केप (बगैंचा व्यवस्थापन० को कार्य अन्तिम चरणमा पुगेको छ।
सरकारले दुई वर्षअघि नै बालुवाटारमा बगैंचा व्यवस्थापन गर्ने निर्णय गरेको थियो।
त्यसका नाममा ५ करोड ३२ लाख ५६ हजार रुपैयाँ खर्च गरेर भव्यता थपिएको छ।
भीभीआईपीको आवास व्यवस्थापनको जिम्मेवारी पाएको भवन निर्माण सम्भार डिभिजन कार्यालयले प्रधानमन्त्री निवास बालुवाटारको रूपरङ नै फेरिने गरी बगैंचा व्यवस्थापनको काम गरेको हो।
मुख्यसचिवको अत्याधुनिक चारतले आवास निर्माणका लागि ४ करोड ५१ लाख खर्च भएको भवन निर्माण सम्भार डिभिजन कार्यालयले जानकारी दिएको छ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS