काठमाडौं- बाहिरी चक्रपथ विकास आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गर्ने तयारी गरिएको छ।
काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीले सो आयोजनाका लागि आवश्यक जग्गाको व्यवस्थापन गर्न त्यसको डीपीआर संशोधन गर्न लागिएको जानकारी दिएका हुन्।
आइतबार संघीय संसदको विकास तथा प्रविधि समितिको सिंहदरबारमा बसेको बैठकमा सो आयोजनाको सम्बन्धमा गरिएको छलफलमा भाग लिँदै उनले बाक्लो बस्ती भएको ठाउँबाट नभई अन्यत्रबाट सो आयोजनाको कामलाई अघि बढाउन पनि डीपीआर संशोधन गर्नुपर्ने अवस्था आएको पनि स्पष्ट पारे।
जग्गाको मुआब्जालाई लिएर हुने विवादका कारण तथा आवश्यक बजेटको समेत व्यवस्था नहुँदा सो आयोजनाको काम अघि बढाउन नसकिएको पनि विकास आयुक्त तिवारीको भनाई छ।
उनले सो आयोजनाको डीपीआर संशोधनका लागि निःशुल्क काम गर्ने गरी प्रस्तावहरु आएको पनि समितिलाई जानकारी दिए।
FACEBOOK COMMENTS