काठमाडौं, २३ वैशाख – बिहीबार देशभर कोरोना भाइरसका ९ हजार ७० जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ८९३ जना थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा मात्रै ३ हजार १६७ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै, ललितपुरमा ५६७ जना र भक्तपुरमा २४२ जना संक्रमित थपिएका हुन् । यो सहित राजधानी समेत रहेको बागमती प्रदेशमा बिहीबार ४ ५१९ जना संक्रमित थपिएका छन् ।
कुन जिल्लामा कति थपिए नयाँ संक्रमित ?
आज प्रदेश १ को इलाममा १४, उदयपुरमा ९, खोखलढुंगामा ७, खोटाङमा २, झापामा १५३, ताप्लेजुङमा ०, तेह्रथुममा ३, धनकुटामा ५, पाँचथरमा ४, भोजपुरमा ५, मोरङमा २५५, सङ्खुवासभामा १८, सुनसरीमा १३३ र सोलुखुम्बुमा ४ जना संक्रमित थपिएका छन् । प्रदेश २ को धनुषामा १४०, पर्सामा १०४, बारामा ४३, महत्तोरीमा ५५, रौतहटमा ३९, सप्तरीमा २४, सर्लाहीमा २८ र सिरहामा ४० जना संक्रमित थपिएका छन् । त्यस्तै बागमती प्रदेशको काठमाडौंमा ३,१६३ काभ्रेपलाञ्चोकमा ५२, चितवनमा ८६, दोलखामा ३६, धादिङमा ८३, नुवाकोटमा ४९, भक्तपुरमा २४२, मकवानपुरमा १२६, रसुवामा ४४, रामेछापमा १६ जना, ललितपुरमा ५६७, सिन्धुपाल्चोकमा ४६ र सिन्धुलीमा ९ जना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको कास्कीमा ३७५, गोर्खामा ७४, तनहुँमा ४४, नवलपरासी पूर्वमा १, पर्वतमा १३, मुस्ताङमा १, म्याग्दीमा ३२, लमजुङमा ३४, बागलुङमा १२ र स्याङ्जामा २४ जना संक्रमित थपिएका छन् । त्यसैगरी लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ७३, कपिलवस्तुमा ५०, गुल्मीमा १९, दाङमा २४६, नवलपरासी पश्चिममा १६०, पास्लामा ६, प्युठानमा ११, बर्दियामा ४२, बाँकेमा ३९८, रुकुमपूर्वमा १, रुपन्देहीमा १,०६९ र रोल्पामा १० जना संक्रमित थपिएका छन् । यस्तै कर्णाली प्रदेशको कालिकोटमा ५, जाजरकोटमा ८, जुम्लामा १०, दैलेखमा ४३, मुगुमा ०, रुकुमपश्चिममा १, सल्यानमा ३, सुर्खेतमा २०६ र हुम्लामा ४ जना संक्रमित थपिएका छन् । र, सुदूरपश्चिम प्रदेशको अछाममा ५९, कञ्चनपुरमा २२, कैलालीमा ११५, डडेल्धरामा ४९, डोटीमा ३१, दार्चुलामा ३, बझाङमा २, बाजुरामा ० र बैतडीमा ३० जना संक्रमित थपिएका छन् ।
FACEBOOK COMMENTS