काठमाडौं, भदौ २४ – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा कोरोना संक्रमितको उपचारमा संलग्न डाक्टरलाई नै कोरोना संक्रमण पुष्टि भएको छ । धरानमा बुधबार १२ जनामा कोरोना संक्रमण देखिएको छ।
जसमध्ये बीपी प्रतिष्ठानका दुई डाक्टर, एक स्टाफ नर्स, एक हेल्पर एक प्लम्बरलाई कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये एक डाक्टर र हेल्पर कोडिभ अस्पतालमा कार्यरत रहेको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले बताए ।
यस्तै, धरान उपमहानगरपालिका ३ मा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । बीपी प्रतिष्ठानको सर्जरी वार्डमा रहेका बिरामीको कन्ट्रयाक ट्रेसिङ गर्दा ३६ वर्षीय पुरुष र ४६, २३ वर्षीया दुई महिलामा कोरोना पुष्टि भएको हो ।
धरान १९ की २१ वर्षीया एक महिलामा पनि कोरानो पुष्टि भएको छ । धरान १६ का ७८ वर्षय र ७० वर्षीय वृद्ध दम्पत्तिमा पनि संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले बताए । धरान १५ की ५४ वर्षीया महिलाको पनि रिपोर्ट पोजिटिभ आएको उनले बताए ।
FACEBOOK COMMENTS