काठमाडौं – बीमा समितिको निमित्त कार्यकारी निर्देशकमा राजु रमण पौडेल नियुक्त भएका छन् ।
समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले पौडेललाई निमित्त कार्यकारी निर्देशकमा बढुवा गरेका हुन् ।
अघिल्ला निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीले असार १ गतेदेखि अवकास पाएपछि सो पद खाली थियो ।
यद्यपी बीमा समितिमा कार्यकारी निर्देशक पद भने चार बर्षदेखि खाली रहँदै आएको छ ।
बीमा समितिमा निर्देशकका रुपमा कार्यरत पौडेललाई बरिष्ठताका आधारमा निमित्त कार्यकारी निर्देशक नियुक्त गरिएको हो ।
FACEBOOK COMMENTS