काठमाण्डौँ — प्रदेश ५ का दुई मुख्य सहर भैरहवा र बुटवल मध्ये बुटवलले चालू आर्थिक वर्ष २०७५/७६ को ६ महिनाको आन्तरिक राजस्व संकलन लक्ष्यअनुसार गर्न सकेको छ ।
उता भैरहवा कार्यालयले भने लक्ष्य भेटाउन सकेन् ।
प्रदेश ५ को अस्थायी राजधानी बुटवलको आन्तरिक राजस्व कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गरेको छ ।
बुटवल कार्यालयले चालू आर्थिक वर्षको ६ महिनामा (साउनदेखि पुससम्म) ३ अर्ब ८९ करोड ५० लाख रूपैयाँ लक्ष्य रहेकोमा ४ अर्ब २ करोड ६१ लख रूपैयाँ संकलन भएको कार्यालयका प्रमुख कर अधिकृत अर्जुन ढकालले बताए ।
आन्तरिक राजस्व कार्यालय भैरहवाले आर्थिक वर्ष २०७५÷७६ को ६ महिनामा ३ अर्ब ४२ करोड ३६ लाख ८१ हजार रूपैयाँ राजस्व संकलन गरेको छ ।
— कारोबार
FACEBOOK COMMENTS