काठमाडौं, अशोज १८ – आज बिहानदेखि असाोज २१ गतेसम्मका लागि बुटवलमा निशेधाज्ञा जारि गरिएको छ। प्रदेश ५ को राजधानीका लागि दाङ प्रस्ताव गरिएसंगै बुटवलमा चर्किएको आन्दोलनलाई नियन्त्रन गर्न निशेधाज्ञा जारि गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार सूचना जारी गरी बुटवलमा चार दिन निषेधाज्ञा घोषणा गरेको छ । आइतबार बिहान ६ बजेदेखि लागु गरिएको निशेधाज्ञा ४ दिन सम्म जारि रहने प्रशासन कार्यालय रुपन्देहीले बताएको छ।
यो अवधिमा सभा, जुलुस, प्रदर्शनलगायत गतिविधि गर्न–गराउन रोक लगाइएको छ । त्यस्तै, पाँचजनाभन्दा बढी व्यक्ति समूहमा उपस्थित भई हिँडडुल गर्न पनि नपाइने जनाएको छ । जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय, मन्त्री कार्यालयहरू तथा प्रदेश सभा भवन रहेका आसपासको क्षेत्रमा निषेधाज्ञा लागू गरेको हो ।
प्रदेश राजधानी दाङ प्रस्ताव गरिएको विरोधमा शनिबार पनि बुटवलमा प्रदर्शन भएको छ । रुपन्देहीमा आन्दोलन चर्काउन नेपाली कांग्रेसले जिल्ला बन्दको कार्यक्रम घोषणा गरेको छ । शनिबार साँझ विभिन्न स्थानमा मसाल जुलुस प्रदर्शन गरिएको छ ।
FACEBOOK COMMENTS