काठमाडौं, भदौ १४ – बुटवलको कोरोना विशेष अस्पतालमा आइतबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–५ का ६७ वर्षीय पुरुषको दिउँसो साढे १२ बजे उपचारका क्रममा मृत्यु भएको कोरोना फोकल पर्सन डा। सुदर्शन थापाले बताए ।
उनका अनुसार उच्च ज्वरो आएपछि ती व्यक्ति आइतबार बिहान ४ः३५ बजे उनी लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा भर्ना भएका थिए । लगत्तै गरिएको द्रुत स्वाब परीक्षणका क्रममा उनमा कोरोना देखिएको थियो ।
‘अस्पतालमा आईसीयू बेड खाली थिएन । भीम अस्पताल वा भरतपुर जान आग्रह गरेका थियौं,’ थापाले भने, ‘भीम अस्पतालमा आईसीयू नचलेको खबर आयो । भरतपुर जान सक्नुभएन ।’ अस्पतालका अनुसार ती व्यक्तिमा पहिल्यैदेखि मुटुरोग, मधुमेह र प्रेसरको समस्या थियो । बुटवल उपमहानगरमा अहिलेसम्म कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।
FACEBOOK COMMENTS