काठमाण्डौं– बुद्ध एयरले १२ औं जहाज १ अर्ब रुपैयाँमा जहाज खरिद गरेको छ ।
फ्रान्सेली जहाज निर्माता कम्पनी एटीआरसँग बुद्ध एयरले जहाज खरिदको सम्झौता गरेको हो ।
नयाँ जहाज फागुन तेस्रो साताभित्र त्रिभुवन काठमाडौं आइपुग्ने बताइएको छ ।
बुद्धले ७२ सिट क्षमतायुक्त ‘एटीआर ७२–५००’ सिरिजको जाहज खरिद गरेको हो । बुद्धसँग हाल यही सिरिजका ६ थान जहाजले उडान भरिरहेका छन् ।
नयाँ जाहज ल्याएपछि उडान संख्या बढाउने एयरलाइन्सको योजना छ । कम्पनीले हाल दैनिक तीन दर्जनभन्दा बढी उडान गरिरहेको छ ।
नयाँ जहाज आएपछि विराटनगर, भैरहवा र नेपालगन्जका लागि एक–एक उडान थप्ने बुद्ध एयरले जनाएको छ ।
FACEBOOK COMMENTS