काठमाडौं, फागुन १४ – प्रतितोला८० हजार तीन सयसम्म पुगेर रेकर्ड कायम गरेको सुन बुधबार ५ सय रुपैयाँले घटेको छ । मंगलवार ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज बुधवार पनि घटेको छ ।
मंगलवार ३ सयरुपैयाँले घटेर प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज ५ सय रुपैयाँ घट्दै प्रतितोला ७९ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसै गरी मंगलवार प्रतितोला ७९ हजार ७ सयरुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य बुधवार ५ सय रुपैयाँले घट्दै प्रतितोला ७९ हजार २ सय रुपैयाँ कायम भएको छ ।
बुधवार चाँदीको मूल्यमा पनि प्रतितोला २० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ९ सय ५ रुपैयाँ कायम भएको महासंघले बताएको छ ।
FACEBOOK COMMENTS