काठमाण्डौँ — जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको विषयमा चाइना गेजुवा ग्रुप कम्पनीसँग छलफल सुरु भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र चिनियाँ कम्पनीका प्रतिनिधिबीच मंगलबारदेखि छलफल सुरु भएको हो ।
ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न गेजुवासँग छलफल गरिएको बताए ।
चिनियाँ कम्पनीको टोलीसँग आयोजनाको अवस्था, निर्माणको मोडालिटीबारे छलफल भएको उनले जानकारी दिए ।
असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा मन्त्रालयलाई १ हजार २ सय मेगावाट क्षमताको बूढीगण्डकी निर्माणका लागि चिनियाँ कम्पनीसँग छलफल गरी प्रारूप सम्झौता गर्न निर्देशन दिएको थियो ।
— कान्तिपुर
FACEBOOK COMMENTS