काठमाडौं, माघ १०- नातामा साढु दाजुभाइ लक्षिन गुरुङ र अमृत गुरुङ उमेरले भर्खरै ६० नाघे । यी गुरुङ दाजुभाइ प्रदेशकै नमूना मानिएको गण्डकी ट्राउट फार्मका सञ्चालक हुन् ।
१० वर्षअघिसम्म लक्षिन लण्डन बस्थे । अमृत जापान । त्यसबेला ७ समुद्र्रपार बुनिएको योजना अहिले जताततै हाइहाइ र सबैका लागि उदाहरणीय बन्दै गएको छ ।
दुवै दाजुभाइले खोला किनारको बगरमा ‘सुन’ फलाए र पानीमा ‘पैसा’ भेटे । विदेशीभूमि र नेपालमा गरी ६ दशकसम्म अनवरत क्रियाशील यिनै दाजुभाइले ओठ निचोर्दै दुध आउने कलिला युवा जमात (जो विदेशको मोह देख्छन्) लाई स्वदेशमै अपार सम्भावनाको खानी देखाएका छन् । गुरुङ दाजुभाइ आफूले जानेको सिकाउँछन्, स्वदेशमै इलम गर्न हौस्याउँछन् ।
गण्डकी प्रदेश राजधानी पोखराबाट उत्तरतर्फ करीब १७ किलोमिटर यात्रा गरेपछि पुगिन्छ, गण्डकी टेन्बो ट्राउट फार्म । माछापुच्छ्रे गाउँपालिका–२ स्थित सङ्लो र कञ्चन पानीमा माछाको एक प्रकार ट्राउट हुर्किरहेको देख्न सकिन्छ ।
FACEBOOK COMMENTS