काठमाडौं, मंसिर ७ – बेलायतको नेपाली समुदायका एक अग्रज सामाजिक अभियन्ता शिवजी श्रेष्ठ बेलायती प्रहरीको क्षेत्रीय एड्भाइजरी बोर्डमा नियुक्त भएका छन् ।
बेलायती प्रहरीको ह्याम्पशायर कन्सट्याबुलरीको सल्लाहकार बोर्डमा आफूलाई नियुक्त गरिएको श्रेष्ठले नेपाली लिंकलाई जानकारी दिए ।
ह्याम्पशायर कन्सट्याबुलरीको ‘फोर्स स्ट्याटेजिक इण्डिपेन्डेन्ट एड्भाइजरी ग्रुप’ मा नियुक्त ८ सदस्यमध्ये श्रेष्ठ पनि एक छन् । नेपाल प्रहरीका पूर्व डिएसपी श्रेष्ठको व्यवसायिक पृष्ठभूमि र यहाँको स्थानीय समुदायमा उनको सक्रियताका आधारमा प्रहरीको सल्लाहकारमा नियुक्त गरिएको उनले बताए ।
बोर्डमा श्रेष्ठको नाम प्रस्ताव भइसकेपछि विभिन्न चरणमा भएका बैठक र अन्तरवार्ताहरुपछि उनलाई नियुक्ति दिइएको हो । त्यसक्रममा ह्याम्पशायर कन्सट्याबुलरीका उच्च प्रहरी अधिकारीहरुसंगै बेलायत सरकारका पूर्व गृहमन्त्री समेतको सहभागितामा छलफलहरु गरिएका थिए ।
FACEBOOK COMMENTS